Friday, February 12, 2010


उनका लागि 'सुपरस्टार' उपाधि प्रयोग भएको धेरै भईसक्यो । गत साता चलचित्र प्राबिधिक संघले त बकाईदा समारोहमा नै आयोजना गरी नायक राजेश हमाललाई 'सुपरस्टार' घोषणा गरेको थियो । तर, यिनै राजेशको डान्सका विषयमा कुरा गर्न नृत्य निर्देशकहरू उत्साही हुदैनन ।चलचित्र क्षेत्रका धेरै व्यक्तिको हवाला दिँदै राजेशलाई 'डान्स' गर्न आउँदैन भन्ने लाईन पटकपटक लेखीईसकेको छ र बोलीईसकेको पनि छ । तर, नृत्यनिर्देशक दिनेश अधिकारीले भने यिनै 'नाच्न नजान्ने' भनिने सुपरस्टारबाट आफ्नो नृत्य केन्द्रको उदघाटन गराए । 'राजेश दाईले उदघाटन पो गरेको त, सिकाउने त उहांले हैन नि' दिनेशले भने । नाच्न सिपालु मानिने हिरो दिलिप रायमाझी दिनेशका पुराना साथी हुन तर पनि उदघाटन राजेशले नै गरे । सुटिङको व्यस्ततका कारण उक्त उदघाटन कार्यक्रममा दिलिप उपस्थित नभए पनि कार्यक्रममा युना उप्रेती, रञ्जु लामिछाने, बिरेन श्रेष्ठ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।लामो समय पुतलीसडकमा रहेको दिनेशको 'राजधानी कला केन्द्र' गुरू पूर्णिमाको दिन कमलादीमा सरेको हो र दिनेशले यसैको उदघाटन गराएका हुन् । सबै अग्रज नृत्य निर्देशकलाई जम्मा पारेर सम्मान गर्ने दिनेशको इच्छा भने सबै 'गुरू' उपस्थित नभएपछि साकार हुन सकेन ।

No comments:

Post a Comment